Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन महोत्सवमा डोरी तान्ते प्रतियोगिता, होटल व्यावसायी संघ चितवन विजयी

चितवन महोत्सवमा डोरी तान्ते प्रतियोगिता, होटल व्यावसायी संघ चितवन विजयी

चितवन महोत्सवमा डोरी तान्ते प्रतियोगिता, होटल व्यावसायी संघ चितवन विजयी
images

चितवन, माघ ३ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव भव्यताका सञ्चालन भइरहेको छ ।

images
images

महोत्सव परिसरमा विविधि गतिबिधिहरु भइरहेका छन् । जसमा दैनिक सांस्कृतिक कार्यक्रम भइरहेको छ भने कहिले काहिँ खेलकुदका गतिविधि समेत भइरहेका छन् । महोत्सव परिसरमा डोरी तान्ने प्रतियोगिता सम्पन्न गरिएको छ ।

अन्तर वस्तुगत संघ डोरी तनाई प्रतियोगिता गरिएको हो । जसमा १२ वटा वस्तुगत संघले सहभागिता जनाएका थिए । प्रतियोगितामा होटल व्यावसायी संघ चितवन प्रथम र फेन्सी व्यावसायी संघ चितवन द्दित्तिय भएका उवासंघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

प्रथम र द्दित्तिय हुनेलाई मेडल र ट्रफी प्रदान गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा मुल समिति संयोजक सुमन कुमार श्रेष्ठ र खेलकुद समिति संयोजक शंकर प्रसाद घिमिरेको उपस्थिति रहेको थियो ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

चितवन महोत्सव अन्तर्गत नै पुष २९ गतेबाट नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल समेत सुरु भएको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ ।

images
प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - १४:५६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology