Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आजको मौसम : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात

आजको मौसम : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात

images
आजको मौसम : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात
images

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भएको छ । सुदूरपश्चिमका केही ठाउँमा बिहानैदेखि वर्षा र हिमपात शुरू भएको छ ।

आज गण्डकी प्रदेशदेखि पश्चिमी भेगमा वर्षा तथा सबै हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षा र हिमपातको प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी पर्नेछ ।

मध्य र पूर्वी भेगका एक, दुई ठाउँमा हिमपातको सम्भावना रहे पनि पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिसम्म कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

आज दिनभर बदली हुने र रातिदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - ०९:३६:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology