Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

खो–खो विश्वकप पुरुषतर्फ पेरुलाई हराउँदै नेपालको पहिलो जीत : आज ब्राजिलसँग खेल्दै

खो–खो विश्वकप पुरुषतर्फ पेरुलाई हराउँदै नेपालको पहिलो जीत : आज ब्राजिलसँग खेल्दै

images
खो–खो विश्वकप पुरुषतर्फ पेरुलाई हराउँदै नेपालको पहिलो जीत : आज ब्राजिलसँग खेल्दै
images

काठमाण्डौ । खो–खो विश्वकपको पुरुषतर्फ पेरुलाई हराउँदै नेपालले पहिलो जीत निकालेको छ । हिजो बेलुका भएको आफ्नो दोस्रो खेलमा नेपालले पेरुलाई ८०–३४ ले हराएको हो ।

भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर हलमा अस्ति भएको उद्घाटन खेलमा नेपाल भारतसँग ४२–३७ ले पराजित भएको थियो । नेपाल रहेको समूह ‘ए’ मा भारत, पेरु, ब्राजिल र भुटान रहेका छन् ।

नेपालले आज आफ्नो तेस्रो खेलमा बिहान ११ बजे ब्राजिलसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा भोलि भुटानसँग खेल्नेछ । खो–खो विश्वकपमा नेपालबाट महिला र पुरुष दुवै टोलीको सहभागिता छ ।

महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार/चार समूहमा विभाजन गरिएको छ । महिला र पुरुषको समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।

नेपालको महिला टोलीले हिजो पहिलो खेलमा भुटानलाई ८३–२४ र दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले हराउँदै लगातार दोश्रो जीत निकाल्यो ।

नेपाली महिला टोलीले आज तेस्रो खेलमा दिउँसो साढे २ बजे श्रीलङ्कसँग खेल्दैछ । भोलि समूह चरणको अन्तिम खेलमा बङ्गलादेशसँग खेल्नेछ ।

समूह ‘सी’ मा नेपालसहित, भुटान, जर्मनी, बङ्गलादेश र श्रीलङ्का छन् । दुवैतर्फको फाइनल खेल जनवरी १९ तारिख अर्थात् आउँदो आइतवार हुनेछ ।

images
प्रकाशित मिति :माघ २, २०८१ बुधवार - ०८:१७:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology