२ माघ, काठमाडौं । आज पनि देशभर मौसममा आंशिक बदली भएको छ ।
सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ ।
अन्य भू-भागमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।