Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

बागमती प्रदेश प्रमुख देवकोटाद्वारा माघे सक्रान्ती (माघी) पर्वको शुभकामना

बागमती प्रदेश प्रमुख देवकोटाद्वारा माघे सक्रान्ती (माघी) पर्वको शुभकामना

images
बागमती प्रदेश प्रमुख देवकोटाद्वारा माघे सक्रान्ती (माघी) पर्वको शुभकामना
images

मकवानपुर । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आज मंगलबार परेको माघे सक्रान्ती (माघी) पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ ।

‘बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, उन्‍नति तथा समृद्धिको शुभकामना व्यक्त गर्दछु‘ उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ । माघे सक्रान्ती/माघी पर्वलाई खासगरी थारू र मगर समुदायले मनाए पनि यो पर्व सम्पूर्ण नेपालीले आ-आफ्नै तरिकाले मनाउने प्रचलन छ ।

मौलिक संस्कृतिका धनी थारू समुदायले यसलाई अति उल्लासका साथ नयाँ वर्षको रूपमा नाँचगान,  आफन्त भेटघाट गरि मनाउने गर्दछन् । यो पर्वमा पवित्र नदी तथा त्रिवेणीहरुमा गएर स्नान गरि घ्यू, चाकु, तीलको लड्‍ड, तरुल र अन्य परिकार खाएर रमाइलो गरिन्छ । देवघाट, बराहक्षेत्र, त्रिवेणीधाम, रिडीलगायतका पवित्र तीर्थस्थलहरुमा मेला लाग्ने गर्दछ ।

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ ।आजदेखी उत्तरायण आरम्भ हुने गर्दछ । बिशिष्‍ट र मौलिक पहिचान बोकेका हाम्रा चाडपर्वहरु हाम्रा खुसी जीवनका आधार रहेको उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।

‘यी पर्वहरूले सामाजिक र राष्‍ट्रिय  एकता, मेलमिलाप, सद्‍भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान दिन्छन्, हामीले हाम्रा बिशिष्‍ट पहिचानहरुलाई संरक्षण र प्रबर्द्धन गर्नुपर्दछ‘ उहाँले शन्देशमा भन्नु भएको छ । आफ्नो मौलिकपनलाई आत्मसात् गरी समृद्धि मार्गमा अघि बढ्नको लागि सबैलाई यो पर्वले प्रेरणा प्राप्त होस् भन्नु भएको छ ।

images
प्रकाशित मिति :माघ १, २०८१ मंगलवार - ०८:०३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology