Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चलचित्र पत्रकार संघको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु

चलचित्र पत्रकार संघको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु

इच्छाकामना न्युज

६, फाल्गुण २०७७
चलचित्र पत्रकार संघको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु
images

काठमाण्डौँ, ६ फागुन । चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने ९६, ७ र ८० फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु भएको छ । बिहीवार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरिएको हो । बोर्डको नवनिर्मित ‘नवरस हल’ मा सुरु भएको कार्यशालामा ४० बढी पत्रकारहरु सहभागी रहेका छन् ।
चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको कार्यशालाको उद्घाटन सत्रमा फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तीन दिने कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिकामा खेल्नेमा विश्वास व्यक्त गरे ।
कार्यशालाबाट लगनशिलता र अनुशासन सिक्न उनले पत्रकारहरुलाई आग्रह गरेका छन् । अध्यक्ष दाहालले आफ्नो पेशाप्रतिको लगनशिलता र अनुशासनलाई सधैं पहिलो सर्त बनाउन पनि आग्रह गरे । राजनीतिक पत्रकारिता गर्नेहरुले चलचित्र पत्रकारितालाई कुनामा राख्ने गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले चलचित्र पत्रकारिता राजनीतिक पत्रकारिताभन्दा अगाडि आउनुपर्ने बताए ।
कार्यक्रममा उनले भने, ‘राजनीतिक पत्रकारिताभन्दा चलचित्र पत्रकारिता किन अगाडि आएन भनेर समीक्षा गर्नुपर्छ । एउटा वर्गका लागि एउटा राजनीतिक पत्रकारिता मनपर्छ । अर्को पक्षलाई अर्को राजनीति पत्रकारिता मनपर्छ । तर, चलचित्र पक्ष वा विपक्षको हुँदैन । चलचित्र समग्रतामा हुन्छ । यसले समग्रतामा समीक्षा गर्छ । त्यसैले चलचित्र पत्रकारिता सबैभन्दा अगाडि आउनुपर्छ ।’
चलचित्र पत्रकार वा समीक्षकमा चलचित्रको स्वरुप नै बदल्न सक्ने तागत रहेको उनले बताए । अध्यक्ष दाहाल अगाडि थप्छन्, ‘एउटा बाटोमा हिँडिरहेको सिनेमाको धारलाई अर्को बाटोमा लैजान सक्छ । चलचित्र पत्रकारले सिनेमा बनाउन जान्नु पर्दैन, उसले प्रयोग गर्ने भाषा र समीक्षाले चलचित्रको लेखन वा निर्माण शैलीको स्वरुपलाई नै उत्कृष्ट शैलीमा पर्दापण गराउन मद्दत पुर्‍याउँछ ।’
चलचित्र पत्रकार संघका अध्यक्ष सिटौलाले कोरोना महामारीको समयमा चलचित्र पत्रकारहरुले पत्रकारितालाई जारी राखेकोमा आभार व्यक्त गरे । नयाँ कार्यसमिति आएपछि व्यवसायिक चलचित्र पत्रकारितालाई प्रभावकारी बनाउन थुप्रै योजना बनाए पनि कोरोनाले सम्भव हुन नदिएको उनले बताए । उनले चाँडै संघले विभिन्न कार्यक्रमहरु लिएर आउने प्रतिवद्धता जनाएका छन् ।
कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिनेछन् । फोटोग्राफी र भिडियोग्राफीमा रुची भएका चलचित्र पत्रकारहरुका लागि कार्यशाला उपयोगी बन्नेमा चलचित्र पत्रकार संघका महासचिव समिर बलामीको विश्वास छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँगै विशिष्ठ अतिथिमा वरिष्ठ पत्रकार तथा सिनेमाकर्मी दिनेश डिसी र अतिथिमा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नृत्यकार संघका अध्यक्ष जनक कार्की, द्धन्द्व निर्देशक संघका अध्यक्ष नारायण प्रधानको सहभागिता रहेको थियो । सबैले तीन दिने कार्यशालाको सफलताको शुभकामना दिएका थिए ।

images
images

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - १९:२७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology