Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

दुम्कीबास डाइभर्सनमा अब दुईतर्फी यातायात संचालन

दुम्कीबास डाइभर्सनमा अब दुईतर्फी यातायात संचालन

images

इच्छाकामना न्युज

२९, पौष २०८१
दुम्कीबास डाइभर्सनमा अब दुईतर्फी यातायात संचालन
images

नवलपरासी । महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित बिनयी खोला पुल भाँचिएको ४८ घण्टापछि त्यहाँ निर्माण गरिएको डाइभर्सन सडकबाट दुईतर्फी यातायात संचालन भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार डाइभर्सन सडक निर्माण गरेर आइतबार राति सवा १० बजेबाट दुईतर्फी यातायात संचालन गरिएको हो । दुम्कीबास बजारबाट ४ सय मिटर पूर्वमा रहेको बिनयी खोला पुलमा अत्यधिक मालसामान बोकेको ट्रक आउँदा पुल भाँचिएर गत शुक्रबारबाट आवागमनमा बाधा पुगेको हो ।

बिनयी खोलाको पुल नजिकैबाट उत्तरतर्फ डाइभर्सन सडक निर्माण गरेर पुलको पूर्वतर्फ ५ सय मिटरमा महेन्द्र राजमार्गमै निस्कन मिल्ने गरी डाइभर्सन सडक (अस्थायी सडक) निर्माण गरिएको छ ।

images
प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - ०९:४३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology