Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भिमादमा सहकारीकाे ऋण नतिर्दा धितो लिलाम भएपछि प्रबन्धकलाई कुटपिट, वडाध्यक्षसहित पाँचजना पक्राउ

भिमादमा सहकारीकाे ऋण नतिर्दा धितो लिलाम भएपछि प्रबन्धकलाई कुटपिट, वडाध्यक्षसहित पाँचजना पक्राउ

रासस

२५, पौष २०८१
भिमादमा सहकारीकाे ऋण नतिर्दा धितो लिलाम भएपछि प्रबन्धकलाई कुटपिट, वडाध्यक्षसहित पाँचजना पक्राउ
images

भिमाद । तनहुँको भिमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपिट गरेको आरोपमा भिमाद नगरपालिका– ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँचजना पक्राउ परेका छन्।

images
images

वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा ०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि सोमबार प्रहरीले पाँचजनालाई पक्राउ गरी अनुसन्धान थालेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष प्रकाश श्रेष्ठ, ईश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठ रहेका छन्। ०७६ सालमा रु. २८ लाख ऋण लिएपछि साँवा, ब्याज एकपटक पनि नतिरेको, पटकपटक चिठी तथा फोनमार्फत जानकारी गराउँदा बेवास्ता गरेपछि सहकारीले सहकारी नियम र प्रक्रियाअनुसार जग्गा लिलामी गरेको सहकारीका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए। ‘घरमा चिठी पठाउँदा नबुझ्ने र उल्टै कर्मचारीलाई धम्क्याएर पठाउने गरेपछि बाध्य भएर सञ्चालक समितिले कानुनी प्रक्रिया अगाडि बढाएर जग्गा लिलामी गरेको थियो,’ उनले भने।

सहकारीका अध्यक्ष श्रेष्ठले सञ्चालक समितिले गरेको निर्णय प्रबन्धकले कार्यान्वयन गर्ने कानुनी प्रक्रिया रहेकाले वडाध्यक्ष श्रेष्ठले प्रबन्धकलाई हातपात गरेकाे उल्लेख गरे। सोमबार बिहान ९ बजे खाना खाइरहेको ठाउँमा आएर आफू र आफ्नो परिवारलाई पाँचजनाले कुटपिट गरेको सहकारीका प्रबन्धक रामबाबु गैह्रेले बताए।

परिवारमाथि सांघातिक हमला भएपछि सबैजना त्रासमा बस्नुपरेको उनले बताए। पक्राउ परेका वडाध्यक्ष श्रेष्ठसहित पाँचजनालाई जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए।

images
प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - २२:३८:१६ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology