Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चीनमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप ‘भेरो सेल’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

चीनमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप ‘भेरो सेल’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

images

इच्छाकामना न्युज

६, फाल्गुण २०७७
चीनमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप ‘भेरो सेल’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति
images

काठमाण्डौं, ६ फाल्गुन ।
कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरो सेल’लाई नेपालमा पनि आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको छ ।
चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगको अनुमति दिएको हो । ‘भेरो सेल’ बेइजिङ इन्स्टिच्युट बायोलिजकलले उत्पादन गरेको हो ।
नेपालमा स्वीकृति पाउने यो दोस्रो खोप हो । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेर भारतमा उत्पादन भएको कोभिसिल्ड माघ १४ गतेदेखि नेपालमा प्रयोगमा आई रहेको छ । भारतले उत्त खोप नेपालाई अनुदानमा उपलब्ध गराएको हो ।

यसैबीच सरकारले यही फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाउने तयारी थालेको छ । जेष्ठ नागरिकका लागि भारतवाट २० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - ०९:५७:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology