Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

संसद विघटनका विषयमा आज पनि अदालतको सहयोगी (एमिकस क्युरी) ले राय दने

संसद विघटनका विषयमा आज पनि अदालतको सहयोगी (एमिकस क्युरी) ले राय दने

images

सिआईएन

६, फाल्गुण २०७७
संसद विघटनका विषयमा आज पनि अदालतको सहयोगी (एमिकस क्युरी) ले राय दने
images

काठमाण्डौं, ६ फाल्गुन ।
संसद विघटनका विषयमा अदालतमा परेको रिटमा आज पनि अदालतको सहयोगी (एमिकस क्युरी) ले रायदिने भएको छ । आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो रायदिने भएको सर्वोच्च अदालतले जनाएको छ । गत मंगलबारबाट एमिकस क्युरीको बहस सुरु भएको थियो । पहिलो दिन बद्रिबहादुर काकीले र हिजो दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गर्नु भएको थियो । हिजोको बहसमा खरेल र मैनालीको राय बाझिएको थियो ।खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गर्नुभयो । मैनालीले संसद विघटन अधिकार भएको बताउनुभयो । आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिनुहुनेछ ।                
एमिकस क्युरीको बहस सकिएपछि सर्वाेच्च अदालतले संसद विघटनविरुद्ध परेका रिटहरुमाथि आफ्नो फैसला सुनाउने छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनगर्नु भएको थियो । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । 

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - ०९:४४:५१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology