Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आज धेरै ठाउँको मौसम सफा, पहाडी भू–भागमा आंशिक बदली

आज धेरै ठाउँको मौसम सफा, पहाडी भू–भागमा आंशिक बदली

images

इच्छाकामना न्युज

२४, पौष २०८१
आज धेरै ठाउँको मौसम सफा, पहाडी भू–भागमा आंशिक बदली
images

काठमाण्डौ । काठमाण्डौ उपत्यका सहित देशका धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । यस्तै पश्चिम तराईका केही ठाउँहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आज कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । उहाँका अनुसार कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैबीच गएको २४ घण्टामा विभिन्न ठाउँमा मध्यमदेखि हल्का वर्षा भएको छ । सबैभन्दा धेरै सङ्खुवासभामा १५ दशमलव २ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि हल्का वर्षा भएको छ । 

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - ०८:०३:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology