Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मापदण्ड बाहिर रहेका गोरखाका नौ जना ब्यापारीलाई एक लाख २५ हजार जरिवाना, उद्योग बाणिज्य र चेम्बरको आपत्ती

मापदण्ड बाहिर रहेका गोरखाका नौ जना ब्यापारीलाई एक लाख २५ हजार जरिवाना, उद्योग बाणिज्य र चेम्बरको आपत्ती

इच्छाकामना न्युज

२४, आश्विन २०७७
मापदण्ड बाहिर रहेका गोरखाका नौ जना ब्यापारीलाई एक लाख २५ हजार जरिवाना, उद्योग बाणिज्य र चेम्बरको आपत्ती
images

गारेखा, २४ असोज
मापदण्ड बाहिर रहेर सञ्चालन भइरहेका गारेखा सदरमुकामका ९ वटा खाद्यान्न पसलहरुको अनुगमन गरी बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले एक लाख २५ हजार जरिवाना गरेको छ।
अनुगमनका क्रममा जरिवाना सहित कारवाहीमा परेका श्रेष्ठ किराना स्टोर्स, कमला स्टोर्स, बिसाल न्यू किराना स्टोर्सलाई २० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
राना किराना स्टोर्स, खोप्लाङ्गी सप्लायर्सलाई १५ हजार, जोशि क्वालिटी किराना, दिप्सम स्टोर्स, सौगात स्टोर्सलाई १० हजार जरिवाना तोकिएकोे प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।
श्रीराम किराना पसललाई पाँच हजार जरिवाना गरिएको छ । अनुगमन टोलीले २० वटा पसलको अनुगमन गरेको थियो ।
यी बाहेकका पाँच वटा पसललाई सचेत गराइएको र छ वटा पसललाई कार्यालयमा सम्पर्क गर्न बोलाइएको प्रजिअ भट्टराईले बताए । पसलहरुमा ढकमा समस्या देखिएको, अखाद्य बस्तु बिक्री गरेको, सरसफाई राम्रो सँग नगरेको पाइएको छ ।

images
images

यस्तै खाद्य सामग्रीको रुपमा बिक्रीका लागि राखिएका तर मानविय स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने सामग्रीहरु पनि बरामद गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए । रङ मिसाएर बनाइएका खाद्यान्न, म्याद गुज्रिएका लगायत बरामद भएका सामग्री नष्ट गरिने अनुगमन समितिले जनाएको छ ।अनुगमन सँगै यति धेरै ब्यापारीलाई जरिवाना गरिएको यो पहिलो पटक हो।

ब्यपारी ब्यवशायीलाई मापदण्ड पुरा नगरेको भन्दै प्रशासनले जरिवाना गरेपछि ब्यवशायीको साझा संस्था उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शले भने आपत्ती जनाएका छन् ।
गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जिबनज्योती श्रेष्ठले प्रशासनले ब्यवशायीलाई पेल्ने तर्साउने गरी एकलौटी अनुगमन गरेको बताउनुभयो । ‘एक पटकलाई सचेत गराएर जानकारी दिएको भए हुन्थ्यो’ उहाँले भन्नुभयो।यस्तै चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठले प्रशासनलाई जरिवाना र कारवाही सहित ब्यवशायीलाई पहिलो पटक जानकारी गराउन अनुरोध गर्दा प्रशासनले बल प्रयोग गरेको बताउनुभयो। ‘अत्यन्तै अराजक ढंगले अनुगमन गरियो, फिर्ता पठाउन राखिएको सामग्री पनि जफत गरियो, यसले ब्यवशायीलाई निरुत्साहित बनाएको हाम्रो ठहर छ’ उहाँले भन्नुभयो।

images
प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - ०७:४७:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology