Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

निशान भट्टराईको गीत ‘देखे सन्ततीले, छलेको कहानी…’ सार्वजनिक

निशान भट्टराईको गीत ‘देखे सन्ततीले, छलेको कहानी…’ सार्वजनिक

इच्छाकामना न्युज

५, फाल्गुण २०७७
निशान भट्टराईको गीत ‘देखे सन्ततीले, छलेको कहानी…’ सार्वजनिक
images

निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी…’ सार्वजनिक भएको छ । टिका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको सङ्गीत र अमोस तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

images
images

यो गीत ‘प्रिती’ एल्वममा समावेश छ । छोराछोरीले वृद्धाआश्रमसम्म कसरी पुर्‍याउछन् भन्ने कथा गीतमार्फत सन्देश दिन खोजिएको छ । गीतको भिडियोमा बुहारीले बृद्धाआश्रमबाट घरमा फिर्ता लेराएको देखाइएको छ ।

दिनेश राज शर्माले निर्देशन गरेको गीतको भिडियोमा उत्तम केसी नेपाल, टिका भट्टराई नेपाल, झापाली कान्छा, देवीचरण भण्डारी निर्मला चौलागाई, प्रतिक नेपाललगायतको अभिनय गर्नुभएको छ ।

झापाको कोटीहोम दोमुखा माईधार आसपासमा छायाँकन गरिएको गीतको भिडियोमा सन्तोष राना मगरको छायांकन तथा सम्पादन छ । भिडियोलाई दर्शन प्रोडक्सनको युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा नगेन धिमालको ड्रोन र कृष्ण सुवेदीको शृङ्गार छ भने पब्लिसिटी डिजाइन प्रेम शर्माको छ ।

यसअघि टिकाले थुप्रै गीतहरू बजारमा लिएर आउनुभएको छ । शिशिर योगीको स्वरमा ‘तिम्रो तस्वीर यि आखामा’ नरेन्द्र प्यासीको स्वरमा ‘पिरतीमा यो मन पगालेर आए’ प्रमोदको स्वरमा ‘शिशिरमा प्रिति फूल फूल्नै गाह्रो भो ‘ जस्ता गीत छन् ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - १७:१९:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology