Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सरकारले २० लाख डोज कोभिसिल्ड खरिद गर्दै

सरकारले २० लाख डोज कोभिसिल्ड खरिद गर्दै

images

इच्छाकामना न्युज

५, फाल्गुण २०७७
सरकारले २० लाख डोज कोभिसिल्ड खरिद गर्दै
images

काठमाडौं, ५ फागुन । सरकारले भारतको कोरोना भाइरसविरुद्धको खोप उत्पादक कम्पनीको सर्तअनुसार नै अग्रिम भुक्तानी गरेर कोभिसिल्ड खोप खरिद गर्ने निर्णय गरेको छ । भारतीय खोप उत्पादन गर्ने कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड खोप खरिदका लागि अग्रिम भुक्तानीको सर्त राखेको थियो ।खोप खरिदका लागि करिब २० दिनअगाडि प्रक्रिया अघि बढे पनि अग्रिम भुक्तानीको विषयमा सहमति नबन्दा रोकिएको थियो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीको प्रस्तावबमोजिम नै खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । सेरमको सर्तअनुसार २० लाख डोज खोप खरिदका लागि करिब ९३ करोड ६० लाख रुपैयाँ खोप आउनुपूर्व नै पठाउनुपर्नेछ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले तत्काल सेरमसँग २० लाख डोज खोप खरिद गर्न लागेको बताए ।

खोप खरिदका लागि दुई अर्ब विनियोजन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सुरुमा प्रतिडोज साढे चार डलर मूल्य गरेको सेरमले नेपालको आग्रहलाई स्वीकार गर्दै चार डलरमा दिने निर्णय गरेको हो ।तर, स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले औषधिजन्य सामग्री खरिद गर्दा ती सामान नेपाल आइपुगेपछि मात्र लागत रकम भुक्तानी गर्ने व्यवस्था रहेको बताए । उनले भने, ‘सेरमले अन्तिम समयमा आएर अग्रिम भुक्तानी माग गरेको थियो । नेपालको खरिद ऐनअनुसार कुनै पनि खोप, औषधिजन्य सामग्री खरिद गर्दा ती सामान नेपाल आइपुगेपछि मात्र लागत रकम भुक्तानी गर्ने व्यवस्था छ ।’कोरोना भाइरसविरुद्ध प्रयोग गर्न अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेकोे कोभिसिल्ड खोप हाल भारतमा उत्पादन भइरहेको छ । कम्पनीले भुक्तानी गरेको दुई हप्ताभित्र खोप पठाउने प्रतिबद्धता जनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोभिसिल्डको प्रभावकारिता राम्रो पाएपछि सरकारले सोही खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो । सरकारको निर्णयले अब स्वास्थ्य मन्त्रालयलाई खोप खरिद गर्न बाटो खुलेको छ ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप गत ८ माघमा भारतले १० लाख डोज नेपाललाई अनुदानस्वरूप दिएको थियो । उक्त अनुदानको खोपबाट अहिले नेपालमा खोपसेवा सञ्चालन भइरहेको छ । कोभ्याक्स सुविधाअन्तर्गतको २२ लाख डोज खोप तत्काल नआएका कारण पनि सरकारलाई खोप खरिदमा दबाब बढेको हो ।सरकारले तीन चरणमा गरी ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । जसमध्ये २० प्रतिशतको जिम्मा कोभ्याक्स सुविधाले लिएको छ । अहिले कोभ्याक्स सुविधामार्फत पनि पहिलो चरणमा २२ लाख डोज खोप आउने सुनिश्चितता भएको छ । सेरमको खोप नेपालमा भण्डारण, ढुवानी सहज भएकाले सोही खोप उपलब्ध गराउने भएको छ ।विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०ले आपत्कालीन प्रयोगका लागि अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेकोे कोभिसिल्ड खोप सोमबार प्रयोगका लागि अनुमति दिएको छ । डब्ल्युएचओको स्वीकृतिसँगै कोभिसिल्डको खोप कोभ्याक्स सुविधामार्फत नेपाल ल्याउने बाटो खुलेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - १२:५४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology