Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सबै जातीको संस्कृति संरक्षण गर्न जरुरी छः वनमन्त्री कृष्ण सिलवाल

सबै जातीको संस्कृति संरक्षण गर्न जरुरी छः वनमन्त्री कृष्ण सिलवाल

इच्छाकामना न्युज

१६, पौष २०८१
सबै जातीको संस्कृति संरक्षण गर्न जरुरी छः वनमन्त्री कृष्ण सिलवाल
images

सुन्दरबस्ती । सबै जाती र समुदायको सँस्कृतिको संरक्षण गर्न जरुरी रहेको बागमती प्रदेशकको वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले बताउनुभएको छ । सोमबार चितवनको इच्छाकामना गाउँपालिका ७ सुन्दरबस्तीमा मिलन तमू समाजले आयोजना गरेको तमू ल्होसार विषेश कार्यक्रमलाई सम्बोन्धन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

images
images

0767f805-f2e1-43fd-8613-ce255d090357.jpeg

कार्यक्रमलाई सम्बोन्धन गर्दै उहाँले नेपालको जातिय समुदाय मौलिक संस्कृतिले धनी रहेको र ती सबै जाती र समुदायको सँस्कृति नेपालको पहिचान भएकोले यसको संरक्षणमा सबै लागिपर्नुपर्ने बताउनुभयो । ‘यसैले हाम्रो पहिचान जोगाउन सबै तहका सरकार कटिबद्ध रहेको पनि जानकारी गराउन चाहन्छौ’ –उहाँले भन्नुभयो ।

96e4d6f5-c8c6-4908-9935-a94a64e9dac5.jpeg

समाजका अध्यक्ष सन्त बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल प्रमुख अतिथि रहनुभएको थियो भने इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल बिशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा सम्बोन्धन गर्दै विशिष्ष्ट अतिथिद्वय अध्यक्ष गुरुङ र उपाध्यक्ष सिलवालले सम्पूर्णमा गुरुङ समुदायको महान पर्व तमू ल्होसारको शुभकामना व्यक्त गर्नुभयो ।

images
प्रकाशित मिति :पौष १६, २०८१ मंगलवार - ०८:४७:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology