गोरखा । सदरमुकामस्थित गोरखा अस्पतालले ल्होसारको दिन आधादिनसम्म ओपिडि सेवा दिने भएको छ ।
अस्पतालले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै ओपिडी सेवा सोमबार दिउँसो १ बजेसम्म दिने भएको जनाएको हो ।
‘ओपिडि सेवा आधा दिन खुल्ने छ’, सो सूचनामा भनिएको छ, ‘टिकट काउण्टर बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ने छ, इमर्जेन्सी र अन्तरंग सेवा २४ सै घण्टा यथावत चालु रहने छ ।’