Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

दुई हप्तामै तीन पटक सगरमाथा आरोहण गर्ने पूर्णिमा श्रेष्ठ ‘सीएनएन’ को सूचीमा

दुई हप्तामै तीन पटक सगरमाथा आरोहण गर्ने पूर्णिमा श्रेष्ठ ‘सीएनएन’ को सूचीमा

images

इच्छाकामना न्युज

१४, पौष २०८१
दुई हप्तामै तीन पटक सगरमाथा आरोहण गर्ने पूर्णिमा श्रेष्ठ ‘सीएनएन’ को सूचीमा
images

काठमाण्डाै । दुई हप्तामै तीन पटक सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्ने पूर्णिमा श्रेष्ठ अमेरिकी टेलिभिजन ‘सीएनएन’ को साहसी खेलाडीको सूचीमा पर्नुभएको छ । पूर्णिमा सीएनएनको ‘द एक्सट्रिम एथ्लेट्स हु पुस्ड लिमिट्स इन २०२४’ को सूचीमा पर्नुभएको हो ।

एकै याममा तीन पटक सगरमाथा आरोहण गर्ने उहाँ विश्वकै पहिलो महिला आरोही हुनुहुन्छ । फोटो पत्रकारसमेत रहनुभएकी पूर्णिमाले गएको मे १२, १९ र २५ मा लगातार सगरमाथाको आरोहण गर्नुभएको थियो ।

पूर्णिमा सातौं अग्लो हिमाल धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुनुहुन्छ । उहाँले सन् २०२१ मा पासाङ ल्हामु शेर्पा अकितासँग धौलागिरि आरोहण गर्नुभएको थियो ।

सीएनएनको साहसी खेलाडीको सूचीमा परेसँगै पूर्णिमाले गौरवान्वित महसूस गर्दै सन् २०२४ आफ्नो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुगेको बताउनुभएको छ ।

images
प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - २२:०४:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology