Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

तमू सञ्चारकर्मीका अध्यक्ष लाला गुरूङ लण्डन प्रस्थान

तमू सञ्चारकर्मीका अध्यक्ष लाला गुरूङ लण्डन प्रस्थान

images

इच्छाकामना न्युज

१२, पौष २०८१
तमू सञ्चारकर्मीका अध्यक्ष लाला गुरूङ लण्डन प्रस्थान
images

चितवन । तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरूङ लण्डन पुगेका छन् ।

तमू समाज युकेको निमन्त्रणामा ल्होसार कार्यक्रममा सहभागी हुनका लागि शुक्रबार लण्डन पुगेका हुन्। तमू समाज युके को आयोजनमा हुन गइरहेको शुभकामना अदान-प्रदान तथा सांकृतिक कार्यक्रमको लागि उनी लण्डन पुगेका हुन्।

उनलाई तमू समाज युकेका अध्यक्ष विन्दु गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्ष शिवचन्द्र गुरुङ, आमा टोलीका अध्यक्ष विमला घले गुरुङ, सल्लाहकार लेख गुरुङ, आशिक गुरुङलगायतका व्यक्तिहरुले विमानस्थलमै भव्य स्वागत गरेका थिए।

तमू समाज युकेले आउँदो जनवरी ४ तारिखका दिन भव्य कार्यक्रम आयोजना गरेर तमू ल्होसार मनाउने तयारी गरिरहेको छ। तमू सञ्चारकर्मी संघ नेपालकी उपाध्यक्ष खीमा गुरूङलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी सुम्पिँदै अध्यक्ष लाला लण्डन पुगेका हुन्।

उनी लण्डनमा केही कार्यक्रममा सहभागी भएर स्वदेश फर्किने छन्।

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - १६:५६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology