Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा आज र देशका धेरै ठाउँमा भोलि पानी पर्ने

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा आज र देशका धेरै ठाउँमा भोलि पानी पर्ने

images

इच्छाकामना न्युज

१२, पौष २०८१
सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा आज र देशका धेरै ठाउँमा भोलि पानी पर्ने
images

काठमाण्डौ । हिउँदे वर्षा गराउने प्रणाली आजदेखि पश्चिमबाट सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले हिजो विशेष मौसमी बुलेटिन निकालेर आज दिउँसोपछि अर्को पानी पार्ने प्रणाली भित्रन लागेको जनाएको हो । विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको कारण आज दिउँसोपछि भोलिसम्म धेरैजसो ठाउँमा मौसम आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।

यो प्रणालीको धेरै असर सुदूरपश्चिम र कर्णालीमा पर्ने भए पनि देशका धेरैजसो ठाउँमा हल्का वर्षा हुने विभागले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बाग्मती, मधेस र कोशी प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

विभागका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा हल्का वर्षा हुनेछ । भोलि पश्चिमदेखि पूर्वी नेपालसम्मै वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । वर्षा र हिमपातका कारण तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना छ ।

दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् । गएको सोमवार र मङ्गलबार पनि देशका केही ठाउँमा फाट्टफुट्ट वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको थियो ।

यसपाली अहिलेसम्म छिटपुटबाहेक हिउँदे वर्षा भएको छैन । मौसमविदले यसपाली सरदरभन्दा कम हिउँदे वर्षा हुने अनुमान यसअघि नै गरिसकेका छन् ।

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - ०९:१३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology