Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

तमु ल्होसार कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा

तमु ल्होसार कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा

images

इच्छाकामना न्युज

११, पौष २०८१
तमु ल्होसार कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा
images

काठमाडौं । यस वर्ष तमु समुदायको ल्होसार कार्यक्रमका सम्पूर्ण तयारी पूरा भएको छ । तमू ल्होसार मुल आयोजक समितिले पत्रकार सम्मेलन गरी ल्होसारको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

यस वर्ष गुरुङ समुदायले “तमू थातथलोको संरक्षण र सम्बद्र्धनका लागि मौलिक पहिचानको आव्हान । सरकारी कामकाजी भाषा तमू भाषा घोषणाको लागि तमूवानको आन्दोलन” भन्ने मुल नाराका साथ ल्होसार मनाउन लागेका हुन् । तमू (गुरुङ) समुदायले मुप्री ल्हो (गरुड वर्ग) को बिदाइ गर्दै सप्री ल्हो (सर्प वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने तयारी गरेको छन् ।

मंगलबार ल्होसार मूल आयोजक समितिले काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समिति नेपालको कार्यलयमा पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । यो पर्व नेपालमा मात्र नभएर विश्वका अन्य देशमा पनि मनाउने गरिएको तमू ल्होसार मूल आयोजक समितिका महासचिव रामबहादुर गुरुङले जानकारी दिनुभयो ।

हरेक वर्षझैं यस वर्ष पनि सप्री ल्हो (सर्प वर्ग) लाई सबैको शुभ होस् भनि गुरुङ(तमू) परम्पराअनुसार गुरुङ पूरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरुद्वारा १४ गते रातको १२ बजे दुःखको ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाइन्छ । तमू ल्होसार हरेक वर्ष काठमाडौंको टुँडिखेलमा भव्य रूपमा मनाउदै आएको छ ।

तमू ल्होसार साँस्कृतिक महोत्सवका रुपमा सरकार प्रमुखको आतिथ्यमा पौष १५ गते सम्पन्न हुनेछ । ल्होसारको अवसरमा पुस १५ गते बिहान ९ बजे बसन्तपुरबाट तमू संस्कार संकृति झल्कने झाँकी सहित टुँडिखेल पुगेर भव्य रूपमा ल्होसार मनाउने तयारी रहेको रहेको छ ।

यस सप्री ल्हो पौष १३, १४ र १५ गते काठमाडौं उपत्यकामा रहेका संघ–सस्थाहरु एकै स्थानमा भेला भई आपसी सद्भाव र शुभकामना साटसाट गरी ल्होसारलाई महोत्सवको रुपमा धुमधामका साथ मनाउने मुल आयोजक समितिका संयोजक लोेक बहादुर गुरुङले बताए । ल्होसार नेपालको राष्ट्रिय पर्वमा घोषित भएको हुदाँ सरकारले पुस १५ गते सार्वजनिक बिदा समेत दिँदै आएको छ । ल्होसार मुल आयोजक समितिले पौष १५ गतेसम्म कार्यक्रमको तालिका समेत सार्वजनिक गरेको छ । 

images
प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - २२:४१:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology