Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

पोखराबाट काठमाडौं सम्म पहिलोपटक यात्रुसहितको जेट विमानले उडान भर्यो

पोखराबाट काठमाडौं सम्म पहिलोपटक यात्रुसहितको जेट विमानले उडान भर्यो

images

इच्छाकामना न्युज

११, पौष २०८१
पोखराबाट काठमाडौं सम्म पहिलोपटक यात्रुसहितको जेट विमानले उडान भर्यो
images

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुई वर्षपछि बिहीबार पहिलोपटक जेट विमानले पूर्ण क्षमतामा यात्रु राखेर उडान गरेको छ ।

चीनको छेन्दुबाट १ सय २९ यात्रु ल्याएर पोखरामा उत्रिएको सिचुवान एयरलायन्सको एयरबस ए–३१९ विमान १ सय २६ जना यात्रु राखेर त्यहाबाट काठमाडौं अवतरण भएको थियो । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा प्राविधिक त्रुटि रहेको भ्रम फैलाइयो,’ पोखराबाट त्यही उडानमा आएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काठमाडौं विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन व्यवसायीहरुलाई भने,‘आज सिचुवान एयरले गरेको उडानले भ्रम फैलाउनेको व्यापार बन्द गराएको छ । अब पोखरामा उडानलाई नियमित गराउने व्यापार गर्नुहोस् । प्राधिकरणले सघाउनुपर्ने ठाउमा सघाउने छ ।’

छेन्दुबाट आएको जहाज काठमाडौंको आकाशमाथिबाट पोखरा जोड्ने व्हिस्की–४१ हवाई रुट हुँदै पोखरा अवतरण भएको थियो । त्यहाँबाट त्यो विमान उपकरणको सहायताले गरिने आईएफआर उडान नियम पछ्याउँदै सिमरा हुँदै काठमाडौं अवतरण भएको थियो ।

उक्त उडानमा रहेका प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन तत्कालीन अवस्थामा नेपाल वायुसेवा निगमसँग भएका बोइङ्ग–७५७ को क्षमताका आधारमा बनाइएको बताए । एकल ग्यालरी भएको अमेरिकी बोइङ ७५७ जहाज घरेलु छोटो तथा अन्तरदेशीय मध्यम दूरी (७ हजार किलोमिटरसम्म) को उडानका लागि प्रभावकारी जहाज मानिन्छ ।

यस्तै क्षमता हाराहारीकै सिचुवानले बिहीबार पोखराबाट उडाएको एयरबसको ए–३१९ विमान पनि हो ।

images
प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - २२:०९:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology