Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद श्रृङखलामा तमू भाषा र साहित्य सम्बन्धी बहस 

अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद श्रृङखलामा तमू भाषा र साहित्य सम्बन्धी बहस 

इच्छाकामना न्युज

२३, आश्विन २०७७
अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद श्रृङखलामा तमू भाषा र साहित्य सम्बन्धी बहस 

रोशनी गुरुङ , पोखरा २३ असोज । आजबाट शुरु भएको अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद श्रृङखलाको दोस्रो सेशनमा आज तमू भाषा र साहित्य सम्बन्धी बहस कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी तमूले कुनै पनि जातिको भाषा लोप हुनु भनेको इतिहास पनि लोप हुनु हो भन्दै इतिहास सधै लेख्नेहरुको बाँच्ने भएकोले अब हामीले पढने लेख्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभयो । तमूहरुले आफनो इतिहास र संस्कार आफैले नलेख्दसम्म अझै हामी आफैभित्र गुचुल्टी रहने भन्दै अबको दिनमा तमूहरुको इतिहास तमूहरुले नै लेख्नुपर्ने बताउनु भयो । 

images

सो अवधराणा अनुसार नै अहिले गुरुङ साहित्यिक मञ्च नेपालले नियमिति रचना वाचन, पुस्तक प्रकाशन लगायतको काम गर्दै आएको बताउनुभयो । अबको दिनमा हाम्रो कुरा अरुले नलेखुन हाम्रो कुरा हामीले आफैले लेख्न सक्नुपर्ने उहाँको भनाई रहेको छ ।   
कार्यक्रममा आफनो कार्यपत्र प्रस्तुत गर्दै भाषाविद् रत्नबहादुर गुरुङले अहिले केही व्यक्तिहरुले तमू भाषामा साहित्य लेख्नको थालनी गरेता पनि त्यो पर्यप्त नभएको बताउनुभयो । भाषा र साहित्य एक अर्काको परिपुरक भएकोले साहित्य लेखनको शुरुवातको निम्ति भाषाको संरक्षण गर्नु अति आवश्यक रहेको बताउनुभयो । 
भाषा मानव सभ्यताको ज्यादै महत्वपूणर् कुरा पाटो भएको भन्दै उहाँले पौराणिक कालमा मानिससँग भाषा नहुँदा थोरै बोलेर वा संकेत गरेर कुरा गर्दथ्थे भन्नुभयो । तमूहरुको आफनै भाषा हुनु भनेको अत्यन्तै महत्वपूणर् कुरा भएकोले यसको संरक्षण गर्नुपर्ने बताउनभयो । 
साहित्य भनेको मानव जीवनको उत्कृष्ट अनुभुति हो भन्दै आफनै भाषामा लेखिएको साहित्यले छुटै अत्मित्या झल्काउने बताउनुभयो । साहित्यको भाषासँगै मानिसको भाषा पनि विकास हुँदै जाने भन्दै तमूहरुको घाँटु, सेर्गा, छयाँडु आदि तमू श्रतिु साहित्यको महत्वपूणर् सम्पत्ति भएको बताउनु भयो । 
तमूहरुको खेगीहरुले मृत संस्कारमा प्रयोग गर्ने विभिन्न श्लोक र लयहरुमा पनि महत्वपूणर् साहित्य लुकेको भन्दै अब यसको लेखन तर्फबाट अग्रसर हुनुपर्ने बताउनुभयो । तमू साहित्यको हाँगा अन्तरगत वृत्तचित्र, म्युजिक भिडियो र चलचत्रि आदिले पनि तमू साहित्यको जगेणर् गर्न महत्वपूणर् भूमिका खेलेको बताउनुभयो । नेपालमा अधिकांश तमू भाषाको पुस्तकहरु देवनागरिक लिपिमा प्रकाशित भएपनि भारतको सिक्किममा भने पठनपाठन र पत्रपत्रिकाको प्रकाशन पनि खेमा लिपिबाटै हुँदै आएको भन्दै त्यो अत्यन्तै सरहानीय काम भएको बताउनुभयो । 
तमू भाषाको साहित्य जगेणर् गर्नमा तमू आदि कवि स्व.हर्कबहहादुर तमूदेखि विभिन्न समयमा देखा परेका तमू साहित्यकारहरुको ठूलो योगदान रहेको बताउनुभयो । अहिले गाउँबाट शहरतिर तमूहरु बसाई सरेको र आफनो छोराछोरीलाई मातृभाषा नसिकाउद भाषा बोल्नेको संख्य घटदै गएको र त्यो सबैको लागि चिन्ताको विषय रहेको बताउनुभयो । 
कार्यक्रमका टिप्णीकार मेघराज गुरुङले भाषा बाँचे मात्रै हाम्रो संस्कृति बाँच्ने बताउनुभयो । तमूहरुको मातृभाषा भएपनि त्यसको उचित प्रयोग र संरक्षण नभएको उहाँको भनाई रहेको छ । अहिले तमू भाषा संरक्षण सन्तोषजनक छैन त्यो चिन्तित विषय हो भन्नुभयो । विश्वका धेरै देशमा साहित्य नेलेखिदा धेरै भाषाहरु लोप हुने अवस्थामा पुगेको भन्दै लेखेरै वा बोलेरै भाषाको संरक्षण गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा धन्यवाद मन्तव्य राख्नु हुँदै तमू समाज सिड्नी अष्ट्रेलियाका पुर्व सचिव लिल पर्जु तमूले अब तमू भाषाको व्यापक प्रचार र संरक्षणको लागि डिजिटल प्रविधि मार्फत अघि बढनुपर्ने बताउनुभयो ।  
कार्यक्रमको समापन गर्दै सिक्किम भारतका डिवी गुरुङले आफनो भाषा साहित्यलाई सबैले माया गर्नुपर्ने बताउनुभयो । सिक्किममा अहिले तमू भाषा र साहित्यको विकास र संरक्षण गर्नको लागि सरकारी तहबाटै थुप्रै महत्पूणर् पहलहरु भएको बताउनुभयो । 
चारदिनसम्म चल्ने सो संवाद कार्यक्रम अक्टोवर १२ मा सकिने छ । जुम प्रविधि मार्फत भएको कार्यक्रम अन्तर्राष्ट्रिय तमू (गुरुङ) परिषदको आयोजनामा भएको कार्यक्रममा विभिन्न शीर्षकमा लगातार ४ दिनसम्म बहस र छलफल हुनेछ । कार्यक्रमको सहजीकरण तमू धीं दक्षिण कोरियाका महासचिव लेसन गुरुङले गर्नुभएको थियो ।

images
प्रकाशित मिति :आश्विन २३, २०७७ शुक्रवार - २१:२६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology