Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

तमु (गुरुङ्ग) पत्रकारिता पुरस्कार – २०८१ बाट ६ जना पत्रकार पुरस्कृत 

तमु (गुरुङ्ग) पत्रकारिता पुरस्कार – २०८१ बाट ६ जना पत्रकार पुरस्कृत 

images

इच्छाकामना न्युज

१०, पौष २०८१
तमु (गुरुङ्ग) पत्रकारिता पुरस्कार – २०८१ बाट ६ जना पत्रकार पुरस्कृत 
images

काठमाण्डौं, १० पौष । तमु (गुरुङ्ग) पत्रकारिता पुरस्कार – २०८१ बाट ६ जना पत्रकार पुरस्कृत भएका छन् । तमु (गुरुङ्ग) संचारकर्मी संघ नेपालले २०७० साल देखि प्रदान गर्दै आएको तमु पत्रकारिता पुरस्कारबाट यस वर्ष पनि ६ जना पत्रकारलाई पुरस्कृत गरेको हो ।

9ddc06da-fd8d-41e9-bf09-59b775568895.jpgसंघका अध्यक्ष लाला गुरुङ्गको सभापतित्व तथा नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङ्गको प्रमुख आथित्यतामा तमु बौद्ध सेवा समिती सभाहल अनामनगर, काठमाण्डौंमा आज बुधबार आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ्ग न्युज डटकम वर्ष पुस्तक लोकार्पण कार्यक्रममा ६ जना तमु(गुरुङ्ग) पत्रकारलाई पुरस्कृत गरिएको थियो ।

पूर्व प्रधानसेनापति छत्रमानसिंह –कमला गुरुङ्ग पत्रकारिता पुरस्कारबाट इच्छाकामना न्युज डटकम डिजिटल अनलाईन चितवनका सम्पादक देवराज गुरुङ्ग र देश संचार काठमाण्डौंका फोटो पत्रकार बर्षा शाह पुरस्कृत भएका छन् । यस्तै, सुश्री भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट दि काठमाण्डु पोष्ट काठमाण्डौंका सम्बाददाता अपेक्षा गुरुङ्ग, तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट राज्य टेलिभिजन रुपन्देहीका समाचार बाचक तथा कार्यक्रम प्रस्तोता निरु गुरुङ्ग, आदिकवि हर्कबहादुर गुरुङ्ग स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो नेपाल गण्डकी प्रदेश प्रादेशिक प्रशारण केन्द्र पोखराका तमु भाषाको समाचार वाचक, समाचार सम्पादक तथा कार्यक्रम उत्पादक शिला गुरुङ्ग र लक्ष्मी गुरुङ्ग पत्रकारिता पुरस्कारबाट धौलागिरी खबर म्याग्दीका फोटो पत्रकार गणेश गुरुङ्ग (सुरेन) पुरस्कृत भएको तमु (गुरुङ्ग) संचारकर्मी संघका महासचिव चित्र सोल्टि गुरुङ्गले जानकारी दिए ।

कार्यक्रममा संघका अध्यक्ष लाला गुरुङ्ग, नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङ्ग, तमु ह्युल छोंज धींका महासचिव डम्बर गुरुङ्ग, फोनिजका केन्द्रिय अध्यक्ष गजुरधन राईले मन्तव्य राखेका थिए । 

 

images
प्रकाशित मिति :पौष १०, २०८१ बुधवार - १३:०७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology