Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

पुल मर्मत नहुँदा बालबालिका ज्यान जोखिममा राखेर पुल तर्न बाध्य

पुल मर्मत नहुँदा बालबालिका ज्यान जोखिममा राखेर पुल तर्न बाध्य

images

इच्छाकामना न्युज

१०, पौष २०८१
पुल मर्मत नहुँदा बालबालिका ज्यान जोखिममा राखेर पुल तर्न बाध्य
images

गण्डकी । गोरखाको गण्डकी गाउँपालिका–७ मा धौवादी र धादिङको बेनीघाट रोराङ जोड्ने झोलुङ्गे पुल मर्मत नहुँदा बालबालिका ज्यान जोखिममा राखेर पुल तर्न बाध्य छन् । 

गत असोज ११ गते आएको भीषण बाढीले त्रिशूली नदीमा रहेको धौवादीको पुलको केही भाग बगाएर लगेपछि विद्यार्थीलगायत सबैलाई जीर्ण पुलबाट आवतजावत गर्न कठिनाइ भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो । 

त्रिशूली नदीमाथि रहेको पुलको लट्ठाका प्रायः सबै नट झरेका कारण पुलमा प्वाल परेको छ । त्रिशूली नदीमाथिको यो पुल जीर्ण बनेपछि कुन दिन दुर्घटनामा पर्ने हो भन्ने चिन्ता स्थानीयलाई हुन थालेको छ । 

स्थानीय कुमार गुरुङले जीर्ण पुलबाट यात्रा गर्दा डर लाग्ने बताउनुभयो । उहाँले गण्डकी गाउँपालिकाभित्रका ५३ भन्दा बढी विद्यार्थी, तरकारी, दुध बेच्ने र दैनिक उपभोग्य सामान किन्ने सर्वसाधारण ज्यान जोखिममा राखेर पुल तर्न बाध्य भएका जनाउनुभयो । 

दैनिक धादिङको चरौँदीस्थित राइजिङ स्टार बोर्डिङ पढ्न जाने ५३ जना विद्यार्थीको अवस्था भने निकै कष्टपूर्ण भएकाले स्थानीय जनप्रतिनिधिले गम्भीर रूपमा लिई यथाशीघ्र मर्मत गर्नुपर्ने उहाँको भनाइ छ ।   

गण्डकी गाउँपालिका र बेनीघाटको रोराङ गाउँपालिकाले मासिक ७० हजार रुपियाँ भाडा तिर्ने गरी डुङ्गा भाडामा लिएर सञ्चालनमा ल्याए पनि डुङ्गामा कोही पनि चढ्न नमानेपछि डुङ्गा सेवा बन्द गर्न बाध्य भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार झोलुङ्गे पुल निर्माण गर्न ढिलाइ गरेको कम्पनी सम्पर्कमा नआएपछि गाउँपालिकाले नौ लाख रुपियाँको टेन्डर आह्वान गरी काम अघि बढाएको छ । झोलुङ्गे पुल निर्माणको काम अघि बढिसकेको र केही समयभित्रै पुल निर्माण सम्पन्न गरी सबै नागरिकलाई सहज रूपमा आवतजावतको व्यवस्था मिलाइने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले दाबी गर्नुभयो ।   

images
प्रकाशित मिति :पौष १०, २०८१ बुधवार - ११:५०:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology