Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

कपिलवस्तुमा आफ्नै मामाबाट भान्जी बलात्कृत 

कपिलवस्तुमा आफ्नै मामाबाट भान्जी बलात्कृत 

images

इच्छाकामना न्युज

४, फाल्गुण २०७७
कपिलवस्तुमा आफ्नै  मामाबाट  भान्जी बलात्कृत 
images

काठमाडौं, ४ फागुन । कपिलवस्तुमा मामाबाट भान्जी बलात्कृत भएकी छन् । शुक्रबार राति भान्जीलाई घर पुर्याउन मोटरसाइकलमा राखेर जाँदै गर्दा बाटोमा चर्पी गर्न भन्दै रोकेर मामाले बलात्कार गरेका हुन् ।१६ बर्षकी भान्जी ९पीडित किशोरी० कपीलवस्तुको विजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी थिइन् । सोही कार्यक्रममा बसेर साँझ भएपछि जेठा मामाले कान्छा भाईलाई घर पुर्याउन लगाएका थिए ।
प्रहरीका अनुसार घरबाट दीदीले आफ्ना भाइलाई छोरीलाई घर पुर्याइ दिन आग्रह गरेकी थिइन् । र, जेठा भाईले कान्छो भाइलाई भान्जीलाई घर पुर्याइदिन आग्रह गरेका थिए । कान्छा मामासँग बाइकमा घर गएकी भान्जीले मामाबाटै बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कपीलवस्तुले जनाएको छ ।प्रहरीले आइतबार नै मुद्धा परेको र पीडक मामालाई नियन्त्रणमा लिइसकेको जनाएको छ । पीडित भान्जीले दिएको बयानमा ट्याक्टरले सडक बिगारेका कारण बाटो बिग्रीएको भन्दै अर्कै बाटो लगेर खोला किनारमा पुर्याई राति बलात्कार गरेको बताएकी छन् ।चर्पी गर्ने भन्दै मामाले भाइक रोकेको पनि पीडित किशोरीले बताएकी छन् ।आफ्नै  पक्राउ परेका मामाको सम्बन्धमा थप अनुशन्धान गरी कारवाही अघि बढाइने प्रहरीको भनाइ छ ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - १६:३३:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology