Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फागुनभित्रै समुदायस्तरमा कोरोनाविरुद्धको खोप दिने तयारी

फागुनभित्रै समुदायस्तरमा कोरोनाविरुद्धको खोप दिने तयारी

इच्छाकामना न्युज

४, फाल्गुण २०७७
फागुनभित्रै समुदायस्तरमा कोरोनाविरुद्धको खोप दिने तयारी
images


काठमाडौं फागुन४। सरकारले कोरोना भाइरसविरुद्धको खोप समुदायस्तरमै अभियानकारूपमा सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि खोप खरिद प्रक्रियालाई अघि बढाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले २४ फागुनदेखि समुदायस्तरमा खोप अभियान सञ्चालनका लागि तयारी भइरहेको बताए । उनले भने, ‘अब छिट्टै नै आमजनमानसमा खोप अभियान लगेर जाने तयारीमा छौं, २० लाख मात्रा खोप आउने प्रक्रियामा छ ।’सरकारले दोस्रो प्राथमिकतामा ५५ वर्षदेखि ७४ वर्षसम्मका नागरिक, ४० देखि ५४ वर्ष उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिलाई राखेको छ । यस्तै, तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूह, १५ देखि ३९ वर्षसम्मको उमेर भएका व्यक्ति पर्छन् ।
आइतबारदेखि सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाइरहेको छ । यो अभियानमा करिब ३ लाख मानिसलाई खोप दिइने स्वास्थ्य मन्त्रालयको योजना छ ।खोप विज्ञकाअनुसार कुनै व्यक्तिले भ्याक्सिन लगाइसकेपछि कोरोना संक्रमण भएपछि सो व्यक्तिलाई कोरोना हुँदैन तर रोग नलागे पनि सो व्यक्तिमा कीटाणुहरू हुन्छन् । त्यसकारण सो व्यक्तिले अरूलाई सार्न सक्ने बताइएको छ ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाले पहिलो चरणमा ५५ वर्षमाथि उमेर समूहका व्यक्तिले खोप उपलब्ध गराउनुपर्ने बताए । अहिले कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेका र मृत्युदर पनि ५५ वर्षभन्दा माथिका मानिसको बढी रहेकाले यो उमेर समूहका नागरिकले खोपमा पहिलो प्राथमिकता पाउनुपर्ने बताए । हाल विश्वमा हाल ७० वटा खोप ट्रायलमा रहेको र २० वटा खोप तेस्रो चरणमा रहेको छ । सरकारले २ करोड १६ लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।

images
images

दोस्रो मात्रा आठ हप्तापछि
सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप पहिलो मात्रा दिएको आठ हप्तापछि लगाउने तयारी थालेको छ । कोभिड–१९ खोप प्राविधिक सल्लाहकार समितिले कोभिसिल्ड खोपको दोस्रो मात्रा पहिलो मात्रा दिएको ८ देखि १२ हप्ताको अवधिमा लगाउन सरकारसमक्ष सिफारिस गरेको हो । तर, अझै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरिसकेको छैन ।कोरोनाविरुद्धको पहिलो खोप लगाएको ८ देखि १२ हप्तापछि दोस्रो डोज लगाउँदा थप प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ । खोप विज्ञ डा। श्यामराज पौडेलले पहिलो खोप लगाएको आठदेखि १२ हप्तासम्म दोस्रो खोप लगाउँदा त्यसको प्रभावकारीकारिता बढी देखिएको विभिन्न अनुसन्धानले देखाएको बताए ।उनले भने, ‘कोभिसिल्ड खोप लगाएपछि कोरोना संक्रमण भएपछि पनि मृत्यु कम हुन्छ वा मृत्यु नै हुँदैन । सिकिस्त बिरामी भएर अस्पतालमा भर्ना हुने दर अत्यन्तै कम हुन्छ । सिकिस्त रोग पनि कम हुन्छ ।’ यस अघि पहिलो मात्रा दिएको २८ दिनपछि दोस्रो मात्रा दिन सकिने विज्ञले सुझाएका थिए ।यस्तै, देशभर सोमबार १ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८१ जना रहेको छ । सोमबार २ हजार ५ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख २० हजार ५ सय ९१ पुगेको छ ।गत २४ घन्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५५ पुगेको छ । हाल ७९ जना क्वारेन्टाइनमा रहेका छन् । सोमबार १ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार २ सय ४ पुगेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - १०:२६:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology