काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरअन्तर्गत आज (बिहिवार) जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिष्पर्धा हुँदैछ ।
पहिलो क्वालियफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएकाे जनकपुर आजको खेल जित्दै फाइनल प्रवेश गर्न चाहन्छ ।
त्यस्तै एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गरेको कर्णाली याक्स पनि आजको खेल जित्दै फाइनल प्रवेश गर्ने दाउमा छ । दुवै टोली जित्नैपर्ने दबाबका साथ मैदान उत्रिँदैछन् ।
खेल मध्यान्ह साढे १२ बजे कीर्तिपुर मैदानमा शुरु हुनेछ ।