Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

इच्छाकामनाको चुम्लिङ र कुरिनघाटको घरमा चोरी,,करिव ३५ लाख बराबरको आशंका

इच्छाकामनाको चुम्लिङ र कुरिनघाटको घरमा चोरी,,करिव ३५ लाख बराबरको आशंका

images

इच्छाकामना न्युज

४, फाल्गुण २०७७
इच्छाकामनाको चुम्लिङ र कुरिनघाटको घरमा चोरी,,करिव ३५ लाख बराबरको आशंका
images


कुरिनटार,फागुन४। चितवनको इच्छाकामना ३ को कुरिनघाट र चुम्लिङटारमा ढोका फुटाएर चोर भित्र पसेर चोरी भएको छ।  गएराती कुरिनघाट स्थित रेवती कंडेलको घरमा पसेको चोरले करिव ३५ लाख बराबरको गरगहना र नगद चोरि गरेको  पिडितले बताएका छन। त्यस्तै चुम्लिङटार स्थित श्रीरेन्द्र प्रकाश पोखरेलको घरमा ढोका फुटाएर भित्र पसेको चोरले एउटा स्टिलको दराज फुटाएपनि गरगहना नगद केही नराखेको दराज परेकाले केही चोरि नभएको  उहाले बताउनु भएको छ। हिजो रातिनै चुम्लिङटारकै अर्को घर र वडा ३ कै नर्सिङटारमा पनि घरमा चोर पसेको र घर धनिले लखेटेको स्थानियले बताएका छन। पिडितले ठूलो क्षतिको दाबी गरेकाले  अहिले स्थानिय प्रहरी चौकी बाट खटिएको प्रहरिको टोलिले घटनाको अनुसंधान गरि रहेको छ। चोरी बाट कति क्षती भएको अहिले एकिन गर्न नसकिने प्रहरिले जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - ०९:५१:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology