Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

काठमाण्डौ उपत्यका र तराईमा बिहानैदेखि हुस्सु

काठमाण्डौ उपत्यका र तराईमा बिहानैदेखि हुस्सु

images
काठमाण्डौ उपत्यका र तराईमा बिहानैदेखि हुस्सु
images

काठमाण्डौ – आज काठमाण्डौको न्यूनतम तापक्रम थोरैले बढेको छ ।

बिहान पौने ६ बजेको मापनअनुसार काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव १ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता बिहानको समयमा काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो । यो वर्ष काठमाण्डौको न्यूनतम तापक्रम २ डिग्रीसम्म झरेको छ । यस्तै आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ४ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

काठमाण्डौ उपत्यका र तराईमा बिहानैदेखि हुस्सु लागेको छ । दिउँसो घाम लाग्दै गएपछि हुस्सु हट्दै जाने र धेरै ठाउँको मौसम सफा रहने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेकोले आज कोशी प्रदेशमा आंशिक बदलीको अवस्था छ ।

images
प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - १०:३७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology