Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

यु–१९ महिला एसिया कप : नेपाल सेमिफाइनलमा

यु–१९ महिला एसिया कप : नेपाल सेमिफाइनलमा

images
यु–१९ महिला एसिया कप : नेपाल सेमिफाइनलमा
images

 काठमाडौँ, पुस १ गते । नेपाल मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको आफ्नो पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो । पाकिस्तान लगातार दोस्रो हारसहित बाहिरिएपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो ।

नेपालले समूहको अर्को खेलमा मङ्गलबार भारतसँग खेल्नेछ  । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

जितको लागि एक सय पाँच रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक रन ४७ बनाउनुभयो । उहाँले ४७ बलमा चार चौकाको सहयोगमा अविजित उक्त रन बनाउनुभएको हो ।

बलिङमा पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय चार रन बनाएको थियो । 

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाउनुभयो । बलिङमा नेपालका कप्तान पूजाले दुई तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले एक एक विकेट लिनुभयो । पहिलो पटक आयोजना भएको  यु–१९ महिला एसिया कपमा नेपालले समूह ‘बी’ बाट प्रतिस्पर्धा गरेको हो । 

यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया रहेको छ । एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो ।

यु–१९ महिला विश्वकप सन २०२५ को जनवरीमा मलेसियामै आयोजना हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छ । 

 

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - १९:४९:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology