Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एनपीएल : कर्णालीले सुदूरपश्चिमलाई दियो एक सय दुई रनको लक्ष्य

एनपीएल : कर्णालीले सुदूरपश्चिमलाई दियो एक सय दुई रनको लक्ष्य

images
एनपीएल : कर्णालीले सुदूरपश्चिमलाई दियो एक सय दुई रनको लक्ष्य
images

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णालीले सुदूरपश्चिमलाई एक सय दुई रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा एक सय एक रन बनाएर अल आउट भयो ।

कर्णालीका जिसन मक्सुदले सर्वाधिक ३० रन बनाए । यस्तै विलियम बोसिस्टोले १६ र बाबर हयातले १३ रन जोडे । सुदूरपश्चिमका हर्मित सिंहले तीन विकेट लिए । यस्तै स्कट कुज्जेलेजन र कप्तान दिपेन्द्र सिंंह ऐरिले समान दुई विकेट लिए ।  केहीबेरमा सुदूरपश्चिमले जवाफी व्याटिङ गर्दैछ । 

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - ११:०५:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology