Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना न्युजका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ पत्रकार महासंघ तनहुँको सदस्यमा निर्विरोध निर्वाचित

इच्छाकामना न्युजका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ पत्रकार महासंघ तनहुँको सदस्यमा निर्विरोध निर्वाचित

इच्छाकामना न्युज

२६, मंसिर २०८१
इच्छाकामना न्युजका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ पत्रकार महासंघ तनहुँको सदस्यमा निर्विरोध निर्वाचित
images

तनहुँ । नेपाल पत्रकार महासंघ तनहुँको जिल्ला कार्यसमिति सदस्यमा इच्छाकामना न्युज डटकमका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ निर्विरोध निर्वाचित भएको छ । महासंघको मंसिर २८ गते हुन लागिरहेको निर्वाचन तालिका अनुसार आज भएको उम्मेद्वारी दर्तामा आदिवासी जनजाति सदस्यमा पदमा गुरुङको एकल उम्मेद्वारी परेकोले निर्विरोध निर्वाचित भएको हो ।

images
images

सदस्यमा निर्वाचित गुरुङले नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको गठबन्धन प्यानलबाट निर्वाचनमा उम्मेद्वारी दिएका थिए । उनी प्रेस चौतारी गण्डकी प्रदेश कमिटि सदस्यका साथै तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रीय महासचिव र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघिय समिति सदस्य समेत छन् । 

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - २१:१९:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology