Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एनपीएल : जनकपुरलाई पराजित गरी सुदूरपश्चिम शीर्षमा

एनपीएल : जनकपुरलाई पराजित गरी सुदूरपश्चिम शीर्षमा

images

इच्छाकामना न्युज

२६, मंसिर २०८१
एनपीएल : जनकपुरलाई पराजित गरी सुदूरपश्चिम शीर्षमा
images

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबार जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ । स्पिनरहरूको दबदबापछि सुदूरपश्चिमले लो स्कोरिङ खेलमा महत्त्वपूर्ण विजय हात पारेको हो ।

टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २३ रनमात्र बनाउन सकेको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शीर्ष दुई टोली बीचको प्रतिस्पर्धामा जवाफमा आएको जनकपुर १२.१ ओभरमा ५१ रनमा अलआउट भयो । जारी एनपीएलमा यो सबैभन्दा न्यून स्कोर हो ।

पहिलो चार खेल जितेको जनकपुरको यो पहिलो हार हो । जनकपुरमाथि विजय हात पार्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लेको छ । जनकपुरसँगै ८ रन भए पनि सुदूरपश्चिम राम्रो रन रेटका आधारमा शीर्ष स्थानमा छ ।

प्रतियोगितामा पहिलो खेल खेलिरहेका जोशुआ ट्रम्प बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । नवौं खेलाडीको रुपमा आउट भएका ट्रम्पले १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाए । कप्तान अनिल साह ७ बल खेलि शुन्यमा आउट भएका थिए । आसिफ शेख ४, लाहिरु मिलान्था ७, हर्ष ठाकर ५, जिम्मी निसम ४, शुभ कंसाकार शून्य, अरनिको यादव १, शेर मल्ल शून्य र ललित राजवंशी ४ रनमा आउट भए ।


यसअघि सैफ जैब र भेट्रान विनोद भण्डारीले पहिलो विकेटमा ८ ओभर भित्र ५५ रन जोडे पनि सुदूरपश्चिमले त्यसको फाइदा उठाउन सकेको थिएन । हर्ष ठाकरले इंग्लिस ब्याटर जैबलाई २१ रनमा आउट गरेसँगैं सुदूरपश्चिमको रनमा अंकुश लाग्नुका साथै विकेट पतन पनि सुरु भएको थियो । जैबले २१ बल खेलि ३ चौका प्रहार गरे ।

प्रतियोगितामा पहिलो खेल खेलिरहेका हरमित सिंहलाई शेरले १ रनमा आउट गरे । विनोद पनि शेरकै शिकार भए । विनोदले सुदूरपश्चिमबाट सर्वाधिक ३३ रन बनाए । उनले ३७ बल खेलि ३ चौका र १ छक्का प्रहार गरे । अरनिकोले कप्तान दीपेन्द्रलाई शून्य र ब्रान्डन म्याकमुलेनलाई ११ रनमा आउट गरेपछि सुदूरपश्चिम झनै दबाबमा परेको थियो ।

तीब्र बलर किशोर महतोले एकै ओभरमा आरिफ शेख (६), इशान (१७) र स्कट कुग्लेन (७) लाई आउट गरेपछि जनकपुर खेलमा हावी भएको थियो । किशोरले ४ ओभरमा ३५ रन खर्चेर विकेट लिए । शेरले ४ ओभरमा १९ र अरनिकोले ३ ओभरमा १६ रन खर्चेर २–२ विकेट लिए ।

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - ११:५९:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology