Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बाँकेमा नेपाली सेनाको बस दुर्घटना, १० जना गम्भिर घाईते

बाँकेमा नेपाली सेनाको बस दुर्घटना, १० जना गम्भिर घाईते

इच्छाकामना न्युज

३, फाल्गुण २०७७
बाँकेमा नेपाली सेनाको बस दुर्घटना, १० जना गम्भिर घाईते
images

बाँके, ३ फागुन । बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलास्थित आज नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् ।

images
images

सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवारमध्ये १० जना घाइते भएका हुन् । उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपिएफ टोली उद्धार कार्यको लागि खटिएको हो ।

गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगञ्ज राँझातर्फ पठाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - २०:४६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology