Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आज देशैभरको मौसम बदली हुने 

आज देशैभरको मौसम बदली हुने 

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७७
आज देशैभरको मौसम बदली हुने 
images

चितवन, ३ फागुन । मौसम पूर्वानुमान महाशाखाले आज देशैभर मौसम बदली हुने बताएको छ । पश्चिमी वायुको प्रभावका कारण आज बिहान प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली देखिएको छ।
गण्डकी र बागमती प्रदेशमा आंशिक बदली र देशका अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार देशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने आज देशभर तापक्रममा हल्का गिरावट आउन सक्नेछ।यसैगरी राति पनि उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 
महाशाखाका अनुसार देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु कुहिरो लाग्न सक्ने हुँदा तापक्रममा सामान्य गिरावट आउन सक्ने देखिएको छ । महाशाखाले तापक्रममा गिरावट आउने हुँदा जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - ०९:२४:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology