Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

भाटभटेनी सुपरमार्केट्सका यी ५४ सदस्य आज थाइल्यान्ड जाँदै

भाटभटेनी सुपरमार्केट्सका यी ५४ सदस्य आज थाइल्यान्ड जाँदै

images

इच्छाकामना न्युज

२१, मंसिर २०८१
भाटभटेनी सुपरमार्केट्सका यी ५४ सदस्य आज थाइल्यान्ड जाँदै
images

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले आफ्ना टिमका ५४ जना सदस्यलाई ६ दिन थाइल्यान्ड पठाउने भएको छ । उनीहरु आज थाइल्यान्ड जान लागेका हुन् । ‘भाटभटेनी रिट्रिट्स टुर’ नाम दिइएको उक्त यात्रामा ५४ जना रहनेछन् ।

थाइल्यान्डमा रहँदा उनीहरुले त्यहाँको जीवन्त संस्कृतिका बारेमा जानकारी लिनेछन् भने थाइल्यान्डका विभिन्न क्षेत्रमा पुग्ने र त्यहाँको अवलोकन गर्ने अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।

भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार अध्यक्ष गुरुङले थाइल्यान्ड जाने समूहलाई बिदाइ गर्दै शुभकामना व्यक्त गरेका छन् । ६ दिनको बसाइपछि टोलीका सदस्य नेपाल आएर त्यहाँ देखेका र सिकेका कुराले फाइदा पुग्ने गुरुङले बताएका थिए ।

यो पहिलो टोली भएकाले अरु टोलीलाई पनि विभिन्न चरणमा थाइल्यान्डसहित अन्य मुलुकमा पनि पठाउने तयारी गरिएको सीओओ पौडेलले जानकारी दिए ।

images
प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - ०८:०४:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology