Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

भुटानी राजाको नेपाल ट्रान्जिट : स्वयम्भू र बौद्धको दर्शन

भुटानी राजाको नेपाल ट्रान्जिट : स्वयम्भू र बौद्धको दर्शन

images

इच्छाकामना न्युज

२१, मंसिर २०८१
भुटानी राजाको नेपाल ट्रान्जिट : स्वयम्भू र बौद्धको दर्शन
images

काठमाडौं । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज नेपाल भ्रमणमा आउने भएका छन् । आफ्नो देश फर्किने क्रममा उनले काठमाडौँलाई ट्रान्जिट स्थानको रूपमा रोजेका छन् । चारदेखि पाँच घण्टाको छोटो बसाइमा राजा जिग्मेले काठमाडौँका दुई प्रमुख धार्मिक स्थल स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

राजा जिग्मे बिहान ९:५० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । विमानस्थलबाट सिधै स्वयम्भूनाथ जाने योजना रहेको छ । स्वयम्भूको दर्शनपछि उनी बौद्धनाथमा पनि पुग्ने कार्यक्रम छ । दुवै धार्मिक स्थलको भ्रमणपछि उनी विमानस्थल फर्की भुटान प्रस्थान गर्ने छन् ।

नेपाल सरकारको तर्फबाट राजाका लागि सुरक्षा र सेवा सुविधाको विशेष व्यवस्था गरिएको छ । त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था बुधबारदेखि कडा पारिएको छ । नेपाल भ्रमणको दौरानमा भुटानी राजाले औपचारिक भेटघाट नगर्ने प्रहरी स्रोतले जानकारी दिएको छ । राजा जिग्मे खेसारको यस भ्रमणलाई धार्मिक आस्था र नेपाल-भुटान सम्बन्धको सांस्कृतिक महत्वका रूपमा हेरिएको छ ।

 

images
प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - ०८:०२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology