Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एनपीएल: पहिलो खेल जनकपुर र पोखराबीच, दोस्रोमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिमबीच प्रतिस्पर्धा

एनपीएल: पहिलो खेल जनकपुर र पोखराबीच, दोस्रोमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिमबीच प्रतिस्पर्धा

images

इच्छाकामना न्युज

२०, मंसिर २०८१
एनपीएल: पहिलो खेल जनकपुर र पोखराबीच, दोस्रोमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिमबीच प्रतिस्पर्धा
images

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा नौ बजे सुरु हुनेछ । जनकपुरको नेतृत्व अनिल साहले गर्दै छन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् ।

जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।

यस्तै, आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

काठमाडौँले यसअघि दुई खेल खेलेको थियो तर एउटा खेलमा मात्र जीत हासिल गरेको थियो । सुदूरपश्चिमले पहिलो खेलमा नै जीत हासिल गर्न सफल भएको थियो । काठमाडौँ गुर्खाजको नेतृत्व करन केसीले गरेका छन् भने सुदूरपश्चिम रोयल्सको कप्तान दिपेन्द्रसिंह ऐरी रहेका छन् ।

images
प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - ०८:४३:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology