Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

जाजरकोटमा जीप खस्यो, लोकमार्गमा कार्यरत दुई जनाको मृत्यु

जाजरकोटमा जीप खस्यो, लोकमार्गमा कार्यरत दुई जनाको मृत्यु

images

इच्छाकामना न्युज

२०, मंसिर २०८१
जाजरकोटमा जीप खस्यो, लोकमार्गमा कार्यरत दुई जनाको मृत्यु
images

काठमाडौं । जाजरकोटमा  मध्यपहाडी लोकमार्ग अन्तरगत भेरी नगरपालिका-१० नुवागाउँमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । कार्कीगाउँबाट कुदु आउँदै गरेको प्रदेश ३-०१-०२३ च  ४७१९ न बोलेरो जीप बुधबार बेलुकी ८ बजेतिर दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गमा कार्यरत दुईजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीकाअनुसार दुर्घटनामा जीपचालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू दुवैलाई जिल्ला अस्पताल जाजरकोट लगिएको थियो । तर अस्पतालका चिकित्सकले उनीहरूको मृत्यु घोषणा गरेका थिए ।

मृतक दुवै जाजरकोटको भेरी नगरपालिका-७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा कार्यरत थिए । जीप सडकबाट करिब ७०० फिट तल खसेको प्रहरीले जनाएको छ । घाइते २३ वर्षीय कमल चौधरीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज मेडिकल कलेजमा लगिएको छ ।

images
प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - ०८:४१:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology