Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सुमित र करणको ब्याटिङले काठमान्डु गुर्खाजको सनसनीपूर्ण जित

सुमित र करणको ब्याटिङले काठमान्डु गुर्खाजको सनसनीपूर्ण जित

images

इच्छाकामना न्युज

१९, मंसिर २०८१
सुमित र करणको ब्याटिङले काठमान्डु गुर्खाजको सनसनीपूर्ण जित
images

काठमाडौँ — करण केसीले कप्तानी इनिङ्स र सुमित महर्जनले सानदार इनिङ्स खेलेपछि काठमान्डु गुर्खाजले बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ । गुर्खाजले १ सय ५० रनको लक्ष्य ३ बल अगाडि पुरा गरेको थियो ।

स्कोर बराबरी भएको समयमा सुमितले चौका प्रहार गर्दै गुर्खाजलाई जिताएका हुन् । उनले ३७ बल खेली ३ चौका र १ छक्का प्रहार गरी अविजित ४० रन बनाए । करणले १० बल खेली समान २ चौका र छक्का प्रहार गरि २८ रन बनाए । टिमलाई जितका लागि ७ रन आवश्यक भएको समयमा उनी १९ औं ओभरको अन्तिम बलमा बाउन्ड्री लाइनमा क्याच दिन पुगेका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली ५ विकेट गुमाई १ सय ४९ रन बनाएको हो । गुर्खाजका ओपनर शंकर राना ७ बलमा ६ रन बनाई रनआउट भएका थिए । स्टेफन इस्किनाजी ३, भिम सार्की ९ रनमा आउट भएपछि गुर्खाज दबाबमा परेको थियो । माइकल लेभिटले १९ बल खेली २ चौका र १ छक्कासहित २२ रन बनाए ।

तर नामिबियाका कप्तान जेहरार्ड इरसमसले सुझबुझ खेल्दै २८ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३८ रन बनाएका थिए । कर्णालीबाट कप्तान सोमपाल कामीसहित, नन्दन यादव, विपिन शर्मा, गुलशन झा र जिसन मक्सुदले १–१ विकेट लिएका थिए ।

यसअघि शिखर धवनले ५१ बलमा ७२ रन बनाएपछि कर्णालीले निर्धारित २० ओभर खेलि ५ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । उनले ४ चौका र ५ छक्का प्रहार गरे । धवनले १८ औं ओभरमा करणको लगातार बलमा छक्का र चौका प्रहार गरी ४२ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । धवनले १९ औं ओभरको पहिलो दुई बलमा नथान साउटरलाई लगातार छक्का प्रहार गरेका थिए ।

धवनसँगै मक्सुद ११ बलमा १ चौका प्रहार गरी १४ रन बनाई अविजित रहे । यी दुईले छैटौं विकेटमा ३३ बलमा ६५ रनको अविजित साझेदारी गरेका थिए । करणले खेलको पहिलो ओभरमै देव खनाललाई शून्यमा एलबीडब्लु आउट गरेका थिए । चाडविक वाल्टनले ५ चौका प्रहार गर्दै १५ बलमा २१ रन बनाए । उनलाई जेहरार्ड इरसमसको बलमा करणले सानदार क्याच लिई पेभेलियन फर्काएका थिए ।

बाबर हायत १८ बल खेली १ छक्कासहित १३ रन बनाई दीपेश कँडेलको बलमा बोल्ड भए । आफूले सामना गरेको पहिलो बलमा चौका प्रहार गरेका गुलशन १९ बलमा १२ रन बनाई इरसमसको बलमा स्टम्प आउट भए । अर्जुन घर्तीलाई ४ रनमा नथान साउटरले बोल्ड गरे । गुर्खाजबाट इरसमसले ४ ओभरमा २९ रन खर्चेर २, करणले ३ ओभरमा १९, दीपेशले १ ओभरमा ७ र साउटरले ४ ओभरमा ३२ रन खर्चेर १–१ विकेट लिए ।

गुर्खाजको यो पहिलो जित हो । टोली पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । कर्णालीको यो लगातार दोस्रो हार हो । टोली आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससॅग ८ विकेटले पराजित भएको थियो ।

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १५:३१:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology