Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एनपीएलमा कर्णाली र काठमाडौं तथा लुम्बिनी र विराटनगर भिड्ने

एनपीएलमा कर्णाली र काठमाडौं तथा लुम्बिनी र विराटनगर भिड्ने

images

इच्छाकामना न्युज

१९, मंसिर २०८१
एनपीएलमा कर्णाली र काठमाडौं तथा लुम्बिनी र विराटनगर भिड्ने
images

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा दुवैले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुदै छ ।


त्यस्तै बिराटनगर किंग्स र लुम्बिनी लायन्सबीच दोस्रो खेल हुदै छ । विराटनगर लायन्सले आफ्ना यसअघिका दुवै खेलमा हार बेहोरेको छ भने लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल खेल्दै छ । यो खेल दिउँसो १: १५ बजेदेखि सुरु हुनेछ ।

मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ८ फ्रेन्चाइजीले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - ०८:५२:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology