पर्सा, २ फागुन । गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघ चितवनको सक्रियातामा पहिलो पटक पर्सा जिल्लाको ठोरी गाउँपालिकामा तमु प्ये ल्हु संघको इकाई समिति गठन भएको छ। पर्साको ठोरीमा शनिबार भएको एक भेलाले स्थानीय सोम बहादुर गुरुङको अध्यक्षतामा तमु प्ये ल्हु संघ इकाई समिति गठन गरिएको हो।
समितिको अन्य पदाधिकारीहरुमा लाल बहादुर गुरुङ सचिवमा, शुकमाया गुरुङ कोषाध्यक्षमा साथै यज्ञ बहादुर गुरुङ, टिका बहादुर गुरुङ, नर बहादुर गुरुङ, दिल बहादुर गुरुङ, मिन बहादुर गुरुङ, खेम बहादुर घले गुरुङ, सानुमाया, गुरुङ, दिल कुमारी गुरुङ, मेनुका गुरुङ र दुर्गादेवी गुरुङ सदस्यमा चयन भएका छन्। पर्साको ठोरीमा गठन भएको यो ईकाइ समिति तमु प्ये ल्हु संघ चितवनको २५ औं ईकाई समिति हो भने प्रदेश २ को पहिलो समिति रहेको संघका चितवन अध्यक्ष जगत बहादुर गुरुङले जानकारी दिनुभयो।
यहाँ संघका साँस्कृतिक संयोजक नारायण गुरुङको विषेश पहलमा संघले पहिलो पटक ईकाइ समिति गठन गर्न सफल भएको हो।