Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनमा दोस्रो चरणको कोरोना खोप सुरु

चितवनमा दोस्रो चरणको कोरोना खोप सुरु

इच्छाकामना न्युज

२, फाल्गुण २०७७
चितवनमा दोस्रो चरणको कोरोना खोप सुरु

149741281_5021867217855043_7597942571785761321_n.jpg
भरतपुर,२। चितवन जिल्लामा कोरोनाविरुद्धको  दोस्रो चरणको खोपआजबाट सुरु गरिएको छ । भरतपुर, माडी र बकुलहर रत्ननगर अस्पतालमा खोप लगाउन थालिएको हो । यसअघि माघ १४ गतेबाट पहिलो चरणको खोप दिइएकोमा सरकारले आजबाट दोस्रो चरण सुरु गरेको हो । दोस्रो चरणको खोप फागुन ८ गतेसम्म चल्नेछ । दोस्रो चरणमा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारी, सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारहरुका लागि कोरोनाविरुद्धको खोप दिन थालिएको हो ।

images

150012750_5021867767854988_1840708861409527845_n-1.jpg

दोस्रो चरणको खोप शभारम्भ समारोहमा बोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले छिटोभन्दा छिटो जनतावीचमा खोप अभियान सञ्चालन गर्नुपर्ने बताए । नागरिकको पहुँचमा खोप अभियान पुगेपछि मात्रै अभियानको सार्थकता रहने प्रमुख डल्लाकोटीको भनाइ छ ।प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले खोप अभियानमा सहभागी भई सुरक्षित र स्वस्थ रहन सवैलाई आग्रह गरे । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले चरणवद्ध रुपमा सवैलाई अनिवार्य खोप सेवा दिइने बताए । पहिलो चरणमा ९२ प्रतिशतले खोप सेवा लिएको तिवारीको भनाइ छ ।

 

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - २०:२१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology