Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

भरतपुरमा खसीबोका चोरको बिगबिगी : २२ घरबाट खसी बोका चोरी गर्ने २ जना पक्राउ

भरतपुरमा खसीबोका चोरको बिगबिगी : २२ घरबाट खसी बोका चोरी गर्ने २ जना पक्राउ

images

इच्छाकामना न्युज

१४, मंसिर २०८१
भरतपुरमा खसीबोका चोरको बिगबिगी : २२ घरबाट खसी बोका चोरी गर्ने २ जना पक्राउ
images

भरतपुर - भरतपुर महानगरपालिका–२३ बस्ने डोलराज सुवेदीको घरबाट गत जेठ २० गते दिउँसो अन्दाजी १ बजे करिब २८ किलोको खसी चोरी भयो ।

चोरी भएको खसीको बजार मूल्य १५ हजार ६८० रूपैयाँ पर्ने थियो । भरतपुरका विभिन्न स्थानमा खसीबोका चोरीका घटना भइरहेका थिए ।

तर, चोर फेला पर्न सकेको थिएन ।गत कात्तिक १६ गते राति १ बजेको समयमा भरतपुर–१४, पकौडीस्थित सडकछेउमा अटो र मोटरसाइकल रोकेर बसेका अशोक चेपाङ र दिलकुमार चेपाङलाई गस्तीका प्रहरीले सोधपुछ गर्न खोजे । इच्छाकामना गाउँपालिका–७ बस्ने अशोक र दिलकुमार प्रहरीलाई देखेर भाग्न खोजे । प्रहरीले उनीहरुलाई भाग्दाभाग्दै समाउन सफल भयो ।

भाग्दाभाग्दै समातिएका उनीहरुले प्रहरीको केरकारपछि खसीबोका चोरी गर्न आएको खुलाए । उनीहरुले खसीबोका चोरीमा अन्य दुई जना पनि संलग्न रहेको बताएपछि खसीबोका चोरीमा संलग्न गिरोह पत्ता लगाउन प्रहरी सफल भयो ।

भरतपुरका विभिन्न २२ घरबाट खसीबोका चोरी भएको प्रहरीले पत्ता लगायो । गिरोहमा संलग्न इच्छाकामना–७ कै जापान चेपाङ र मिलन चेपाङ भने अझै फरार छन् । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा चार जनाविरूद्ध सरकारी वकिलको कार्यालयले गत मङ्सिर ११ गते चितवन जिल्ला अदालतमा २२ वटा मुद्दा दर्ता गरेको छ ।

चितवन जिल्ला अदालतका न्यायाधीश केदारनाथ पौडेलको बिहीबारको इजलासले पक्राउ परेका अशोक चेपाङ र दिलकुमार चेपाङलाई २२ वटै मुद्दामा धरौटी लिएर पुर्पक्षका लागि तारेखमा राख्न आदेश दिएको छ ।

प्रत्येक मुद्दामा दुई हजार रूपैयाँ धरौटी लिएर तारेखमा छाड्ने आदेश भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । ‘अशोक र दिलकुमार चेपाङलाई प्रत्येक मुद्दामा दुई हजार धरौटी राखेर पुर्पक्षका लागि तारेखमा राख्न आदेश भएको छ ।

फरारको हकमा भने उनीहरु पक्राउ परेपछि आदेश हुनेछ’, उनले भने । भाडाको अटो लिएर चोरी गिरोहले अटो भाडामा लिएर खसीबोका चोरी गरी बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दीपक चेपाङको नाममा रहेको बागमती प्रदेश ०३–००१ ह १४०० नम्बरको अटो अशोकले र कमल चेपाङको नाममा रहेको ना २२ प ६७९५ नम्बरको मोटरसाइकल दिलकुमारले प्रयोग गर्थे । चोरेर ल्याएको खसीबोका नारायणगढको पोखरा बसपार्क र भरतपुरका विभिन्न स्थानमा अटोमा लगी बिक्रवितरण गर्ने गरेको पाइएको अदालतका सूचना अधिकारी विश्वकर्माले बताए ।

खसीबोका बेचेर प्राप्त भएको रकम गिरोहका सदस्यहरुले बाँडेर लिन्थे । प्रतिदिन ७०० रूपैयाँ भाडा दिने गरी अशोकले अटो भाडामा लिएका थिए । उनीहरुले २५ किलोसम्मका खसीबोका प्रतिकिलो ५३० रूपैयाँ र २६ किलोमाथिका खसीबोका प्रतिकिलो ५६० रूपैयाँमा बिक्री गर्ने गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - २३:२८:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology