आँबुखैरेनी, १४ मंसिर । तनहुँको आँबुखैरेनीमा भोलि मंसिर १५ गते शनिबार नेपाली भाषाको गुरुङ चलचित्र “जिउनी“ भव्य प्रर्दशन हुदैछ । जलकन्या फिल्मको ब्यानरमा निर्माण भएको सामाजिक कथा वस्तु बोकेको चलचित्र “जिउनी“ काठमाडौं, चितवन, पोखरा, बेशिसहरको अपार सफलता पछि आँबुखैरेनीमा प्रर्दशन हुन लागेको हो ।
आँबुखैरेनी गाउँपालिका–३, पानी घट्ट स्थित माई छिम्केश्वरी तमु सुधार समाजको भवनमा भोलि एकै दिन ३ शो ( मध्याह्न १२ बजे, दिउँसो ३ बजे र साझ ६ बजे) मा चलचित्र “जिउनी“ प्रर्दशनको तयारी भएको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ ।
जनक गुरुङको निर्देशन तथा गोथ बहादुर गुरुङ र रसमाया गुरुङको निर्माणमा तयार भएको नेपाली भाषाको गुरुङ चलचित्र “जिउनी“ मा मुख्य कलाकारहरु टेक गुरुङ, आकृति गुरुङ, आनन्द गुरुङ, अन्जु गुरुङ, सीता गुरुङ, कुमार सामरी घले, रबिन गुरुङ, गदुल ध्वज गुरुङ, मुना गुरुङ, माया गुरुङ, कमला गुरुङ, भविश्वर गुरुङ, नवीन गुरुङ लगायत रहेका छन ।