चितवन - अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्र्याक्टरलाई रत्ननगर टाँडी प्रहरीले नियन्त्रणमा लिएको छ । कार्यायलका क्षेत्राधिकार भित्र पर्ने खोलाहरुमा रातको समयमा नदीजन्य पदार्थ उत्खनन गरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले चार वटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ढोढरीबाट गएको गस्ती टोलीले नियन्त्रणमा लिइएका ट्र्याक्टरलाई आवश्यक कारवाहीका लागि स्थानीय तहमा पठाइएको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए । प्रहरीले अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ ।