Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको शहिद लखन गाउँपालिकाद्वारा टोलटोलमा पुगेर गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान

गोरखाको शहिद लखन गाउँपालिकाद्वारा टोलटोलमा पुगेर गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान

इच्छाकामना न्युज

१३, मंसिर २०८१
गोरखाको शहिद लखन गाउँपालिकाद्वारा टोलटोलमा पुगेर गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान
images

घैरुङ । सहिद लखन गाउँपालिकामा टोलटोलमा पुगेर पालिकाभित्रका गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको छ ।गाउँपालिका स्वास्थ्य शाखामार्फत पालिकाभित्रका विभिन्न वडामा पुगेर ४९ जना गर्भवतीको निःशुल्क भिडियो एक्सरे गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

images
images

'आमा र गर्भस्थ शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गाउँपालिकाले सबै वडाका टोलटोलमा तालिमप्राप्त स्वास्थ्यकर्मी परिचालन गरेर सेवा उपलब्ध गराउँदै आएको छ,' उनले भने ।

शाखा प्रमुख श्रेष्ठले गाउँपालिकाको ग्रामीण अल्ट्रसाउण्ड कार्यक्रमअन्तर्गत गर्भवतीका लागि हरेक महिना नियमित रूपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउँदै आएको बताए ।

गाउँपालिकाले गर्भवतीलाई भिडियो जाँचका लागि हिँडेर आवतजावत गर्न नपरोस् भनेर टोलटोलमै पुगेर सेवा उपलब्ध गराउँदै आएको हो ।गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमका लागि पालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी मनिला श्रेष्ठ, बुङ्कोट स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी ज्ञानु सेन्चुरी र बक्राङ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी समीक्षा दराईसहित तीन जनामात्र तालिमप्राप्त स्वास्थकर्मी छन् ।

images
प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - ०८:४७:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology