Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

५५ करोडको अनलाइन जुवा खेलाउने सुनील राई पक्राउ

५५ करोडको अनलाइन जुवा खेलाउने सुनील राई पक्राउ

images

इच्छाकामना न्युज

१२, मंसिर २०८१
५५ करोडको अनलाइन जुवा खेलाउने सुनील राई पक्राउ
images

काठमाडौं, मङ्सिर १२ गते । बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने अनलाइन खेलअन्तर्गत जुवा (सट्टेबाजी) गर्ने र गराउने गरेर गैर कानुनी रकम सङ्कलन गरेको आरोपमा सुनिल राई पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेमा पाँचथर जिल्ला मिक्लाजुङ गाँउपालिका वडा नं. ७ का ३७ वर्षका सुनील राई हुन् ।

ललितपुर जिल्लाकाे महालक्ष्मी नगरपालिका वडा नं. ४ अफलटोल बस्दै आएका राईले ७५ वटा बैंक खाता, १२८ इसेवा वालेटबाट ५५ करोड २० लाख ८४ हजार ७१ रुपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ ।

राईबाट एनसेल कम्पनीका ७० सिमकार्ड, ११ नागरिकता, १५ राहदानी, २२ चेकबुक र ४२ थान एटिएम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - २०:२०:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology