Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सिरानचोकमा रिमैको शुभमुहुर्त, सिर्दिबासकी सिर्जना गुरुङको डेब्यू

सिरानचोकमा रिमैको शुभमुहुर्त, सिर्दिबासकी सिर्जना गुरुङको डेब्यू

इच्छाकामना न्युज

१२, मंसिर २०८१
सिरानचोकमा रिमैको शुभमुहुर्त, सिर्दिबासकी सिर्जना गुरुङको डेब्यू
images

गोरखा । खिलबहादुर गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘रिमै’को शुभमुहूर्त आफ्नै गृहनगर गोरखा सिरानचोकमा गरिएको छ ।

images
images

फिल्मको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका छन् । शुभमुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु गरिएको निर्देशक गुरुङले जानकारी दिए ।

अबको एक महिनासम्म गोरखाको सिरानचोक, झारगाउँ, कुलगाउँ, भंगेरी, लासे, सिम्ले, आरुबोट, गोहरे, चित्रेपोखरी र गोरखा बजारमा रिमैको छायांकन हुने गुरुङले बताए ।

गोरखा सिरानचोक एन्ड लिगगिगकोट फिल्म्स् प्रालिको प्रस्तुति र आरआर फिल्म्स् तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिनेमामा दयाहाङ र रिस्मासँगै बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरबल घले, डिबी गुरुङलगायत कलाकारको अभिनय रहनेछ ।

वीरबल घले, टीका गुरुङ र दुनबहादुर घले निर्माता रहेको रिमैमा कार्यकारी निर्माता रत्न श्रेष्ठ र रोशन भट्टराई, राजेश घिमिरे र बिनु गुरुङ सहनिर्माता छन् । प्रस्तुति रोहित कट्टेलको छ ।उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन् ।

सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहनेछ । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्नेछ ।सो फिल्ममा चुमनुब्री गाउँपालिका ३ सिर्दिबासकी सिर्जना गुरुङले डेव्यू गरेकी छिन् ।

images
प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - १४:०३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology