Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज देखि दोस्रो चरणको बन्द प्रशिक्षण शुरु हुँदै 

आज देखि दोस्रो चरणको बन्द प्रशिक्षण शुरु हुँदै 

इच्छाकामना न्युज

२, फाल्गुण २०७७
आज देखि दोस्रो चरणको बन्द प्रशिक्षण शुरु हुँदै 
images

काठमाण्डौ, २ फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले आजदेखि दोस्रो चरणको बन्द प्रशिक्षण शुरु गर्दै छ । नेपाली टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा नेपाली टिमले आईसीसी विश्व क्रिकेट लिग २ का लागि तयारी शुरु गरेको हो । 
ओमानमा मार्चमा हुने भनिएको प्रतियोगिता कोरोनाका कारण स्थगित भए पनि क्यानले बन्द प्रशिक्षण भने जारी राख्ने जनाएको छ । पहिलो चरणको बन्द प्रशिक्षणमा ३२ जना खेलाडी राखेका क्यानले दोस्रो चरणमा भने २० जना खेलाडीलाई मात्रै समावेश गरेको छ । अधिकांश युवा खेलाडीहरु दोस्रो चरणाको प्रशिक्षणमा सहभागी छैनन् । 
क्यानले हिजो २० जना खेलाडीको सूची सार्वजनिक गरेको हो । सूची अनुसार यसअघि ३२ मा नपरेका बसन्त रेग्मी २० जनाको सूचीमा भने अटाएका छन् ।प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटका बेला घाइते भएका आरिफ शेखकको ठाउँमा बसन्तलाई राखिएको जनाइएको छ ।

images
images

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - ०९:५६:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology